‘अदालतमा सेनाको अनधिकृत प्रवेश’ शिर्षकको समाचारप्रति नेपाली सेनाको ध्यानाकर्षण

‘अदालतमा सेनाको अनधिकृत प्रवेश’ शिर्षकको समाचारप्रति नेपाली सेनाको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (मंगलबार) कान्तिपुर दैनिकको पहिलो पृष्ठमा प्रकाशित ‘अदालतमा सेनाको अनधिकृत प्रवेश’ भन्ने शिर्षकको समाचारको नेपाली सेनाले खण्डन गरेको छ ।

काभ्रेकी चर्चित मैना सुनुवार हत्या काण्डका दोषी तीन जना ‘कसुरदार’लाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानुनमै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा रिट दायर गरेको भन्ने समाचार विभिन्न अनलाईन मिडिया तथा पत्रपत्रिकामा प्रकाशित भएपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले उक्त समाचार भ्रामक भएको भन्दै त्यसको खण्डन गरेको हो ।

नेपाली सेना नागरिक अधिकारको संरक्षण प्रति सदा संवेदनशील रहेको जानकारी गराउँदै उक्त समाचारको विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै यस सम्बन्धमा थप प्रतिक्रिया नभएको जानकारी दिएको छ ।