नेपाली सेनामा ६ महिनामै ४९ जना उच्च अधिकारीले दिए राजीनामा 

नेपाली सेनामा ६ महिनामै ४९ जना उच्च अधिकारीले दिए राजीनामा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका उच्च तहका अधिकारीहरुले राजीनामा दिने क्रम बढेको छ। सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनेदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहहरुले राजीनामा दिएका छन्।

रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरुको राजीनामा जंगी अड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक भएको छ।

राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायक रथीदेखि उपरथीसम्म रहेका छन्। तथ्यांक अनुसार साउनमा चार, भदौ र असोजमा एकएक, कात्तिकमा १७, मंसिरमा १६, पुसमिा १० जना सेनाका उच्च अधिकारीहरुले राजीनामा दिएका छन्।  याे समाचार कान्तिपुर दैनिकमा छ ।