काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतकसमेत रहेका देव गुरुङले नेपाली सेनामा रहेको ‘रेन्जर बटालियन’ खारेज गुर्नपर्ने सुझावसहितको माग गरेपछी यसवारे वहस पुन सुरु भएको छ ।
नेता गुरुङले गत ९ गते सोमबार प्रतिनिधिसभा बैठकमा देश शान्ति प्रक्रियामा गइसकेको भन्दै द्वन्द्वकालीन संरचनाको रूपमा रहेको नेपाली सेनाभित्रको ‘रेन्जर बटालियन’ फोर्सको आवश्यकता र औचित्य नरहेको भन्दै उक्त फोर्स खारेज गर्नुपर्ने माग गरेका थिए ।
गुरुङले यस्तो माग गरेपछि यसबारे नेपाली सेना, रक्षा मन्त्रालय र सरोकारवालाहरुबीच चर्चापरिचर्चा सुरु भएको छ । नेता गुरुङले नै यो विषय किन उठाए ? भन्ने प्रश्नले अहिले वहसको चर्को विषय बनको छ । जब कि मुलुकमा हाल गुरुङ संलग्न रहेको पार्टीकै नेतृत्वमा झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकार छ । के यस विषयमा सत्तारुढ दल नेकपामा छलफल भएको हो ? यसबारे कुनै प्रतिक्रिया भने दिएइको छैन । रक्षा मन्त्रालय श्रोतका अनुसार रक्षामन्त्री ईश्वर पोखरेल संसदमा सत्तापक्षकै सांसदले सेनाको बटालियन खारेज गर्न सुझाव दिएपछि के गर्ने भन्ने आन्तरिक परामर्शमा जुटेको बताइएको छ ।
रक्षा मन्त्रालयका सहसचिव एव् प्रवक्ता बाबुराम गौतमले नेपाली सेनाको रेन्जर बटालियन खारेज गर्नुपर्ने भन्ने समाचार सञ्चार माध्यममा आए पनि त्यसबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । माओवादी जनयुद्धको बेलामा तत्कालीन नेपाल सरकारले अमेरिकी सेनाको सहयोगमा ‘अप्रेसन’का लागि भनेर विशेष संरचनाका रूपमा ‘रेन्जर बटालियन’ गठन गरेको थियो ।
नेता गुरुङले रेन्जर बटालियन फोर्सलाई रेजिनेन्ट बनाउने प्रक्रिया चलिरहेको भन्दै अविलम्ब रोक्न मागसमेत गरेका थिए । रेन्जर बटालियन राष्ट्रियताका निमित्त समेत खतरापूर्ण भएको भन्दै अबिलम्ब उक्त फोर्सलाई खारेज गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।नेपाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्न्यातले नेपालमा हरेक क्षेत्रमा अमेरिकाको प्रभाव पर्यो भन्ने बुझेर गुरुङले त्यस्तो माग राखेको हुनसक्ने बताए ।




प्रतिक्रिया