दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई नेपाली सेनाको टोली बुधबार स्वदेश फिर्ता


काठमाडौं – पाकिस्तानको लाहोरमा संचालन भएको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेनाको टोली तेस्रो स्थान जित्न सफल भएको छ ।

असोज २२ गतेबाट २९ गतेसम्म संचालन भएको दोस्रो अन्तर्राष्ट्रिय फेजिकल एजिलेटि कम्ब्याट इफिसेन्सी सिस्टम (पीएसीईएस) प्रतियोगितामा नेपाली सेनाको तर्फबाट अधिकृतको कमाण्डमा गएको टोलीले तेस्रो स्थान जित्न सफल भई कांस्य पदक हासिल गरि बुधबार स्वदेश फिर्ता भएको हो ।

उक्त प्रतियोगितामा भाग लिन नेपाली सेनाको १२ जनाको टोली असोज १८ गते मित्रराष्ट्र पाकिस्तानको लाहोर तर्फ प्रस्थान गरेको थियो । सो प्रतियोतिमा विभिन्न १२ राष्ट्रहरुका ३३ सैनिक टोलीहरुको सहभागीता रहेको थियो ।

नेपाली सैनिक टोलीलाई आज (बुधबार) सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement