नेपाली सेनाको प्रवक्तामा यम ढकाल

नेपाली सेनाको प्रवक्तामा यम ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनामा प्रवक्ता फेरिएका छन्। सहायक रथी यम ढकाललाई नेपाली सेनाले प्रवक्ता बनाएको हो। उनी पूर्वी पृतना इटहरीमा कार्यरत छन्। ढकालले अर्को सातादेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्ने नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारी सैनिक प्रतिष्ठान भक्तपुर खरिपाटीमा काज सरुवा भएपछि ढकाललाई जिम्मेवारी दिइएको नेपाली सेनाले जनाएको हो।