सिरिया र दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्न

सिरिया र दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत सिरिया र दक्षिण सुडानमा तैनाथ विभिन्न युनिटहरुमा सहभागी सैनिकहरुको मेडल परेड समारोह सम्पन्न भएको छ ।

सिरियामा फोर्स हे.क्वा. सपोर्ट युनिट नवौं डफ्टा, मेकनाईज्ड गुल्म चौथो, ईन्जिनियर से.मु. पांचौं डफ्टा, लेभल वान प्लस हस्पिटल दोस्रो र क्लोज प्रोटेक्शन यूनिटमा सहभागी शान्ति सैनिकहरुको मेडल परेड समारोह यहि भदौ २५ गते यूएनडिओफको मुख्यालयमा सम्पन्न भएको हो ।

उक्त अवसरमा मिशन प्रमुख तथा फोर्स कमाण्डर रथी ईश्वर हमालले शान्ति सैनिकहरुलाई यूएनको मेडल प्रदान गरेका थिए ।साथै दक्षिण सुडानमा तैनाथ हाई रेडिनेश कम्पनी चौथो डफ्फामा सहभागी नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह पनि सम्पन्न भएको छ ।

संयुक्त राष्टसंघीय मिसन दक्षिण सुडानका फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल शैलेश सदाशिव तिनाईकरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । फोर्स कमाण्डरलाई ‘गार्ड अफअनर’ प्रदान गरि सुरु भएको सो कार्यक्रममा नेपाली सेना, हाई रेडिनेश कम्पनीका सकलदर्जा र यूएन मिसनमा कार्यरत नेपाली सेनाका स्टाफ अधिकृत तथा नेपाली सैनिक पर्यवेक्षकहरुलाई यूएन मिसन मेडल प्रदान गरिएकाे नेपाली सेनाले जनाएकाे छ ।

दुवै समारोहका प्रमुख अतिथीहरुले आ–आफ्नो सम्बोधनमा नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ गरेको योगदान एवं नेपाली शान्ति सैनिकहरुको व्यवसायिक क्षमताको खुलेर प्रशंसाग रेका थिए ।