इजरायल-लेबनान सीमा क्षेत्रमा एक नेपाली शान्ति सैनिक घाइते

इजरायल-लेबनान सीमा क्षेत्रमा एक नेपाली शान्ति सैनिक घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका एकजना नेपाली शान्ति सैनिक घाइते भएका छन्।

राष्ट्रसंघको शान्ति मिसनमा खटिएका एकजना नेपाली शान्ति सैनिक इजरायलसँगको सीमावर्ती दक्षिणी लेबनानमा गोली लागेर घाइते भएका हुन्।

अक्टोबर २८ को राति १० बजेर २० मिनेट स्थानीय समयमा सम्भावित मोर्टार सेलको चोइटा खस्दा एकजना नेपाली शान्ति सैनिकलाई सामान्य चोट लागेको सैनिक प्रवक्ता (सहायक रथी) कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको गणमा मोर्टार सेलको ‘चोइटा’ खसेको थियो । घाइते हुने शान्ति सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन। चोट लागेका शान्ति सैनिक त्यहीँको अस्पतालमा उपचाररत रहेका सैनिक प्रवक्ता भण्डारीले जानकारी दिए ।

त्यस क्षेत्रमा हिज्बुल्लाह सक्रिय छ।इरान समर्थित उक्त सिया इस्लामिस्ट राजनीतिक पार्टी तथा अर्धसैनिक संगठन(इजरायलबीच) ७ अक्टोबर यता कैयनपटक रकेट हानाहाना भएको छ।

त्यहाँ विकसित हुन सक्ने तनावलाई लिएर अमेरिकासहितका पश्चिमा देशहरूले आफ्ना नागरिकलाई देश छाड्न भनिसकेका छन्।