भारतको ओडिशामा नेपाली छात्रा मृत फेला

भारतको ओडिशामा नेपाली छात्रा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा एक नेपाली छात्रा मृत फेला परेकी छन् ।

भारतीय पत्रिका इन्डियन एक्सप्रेसकाअनुसार बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल विश्वविद्यालयको होस्टेलमा मृत फेला परेकी हुन् ।

विश्वविद्यालयले लम्सालले आत्महत्या गरेको जनाएको छ ।

‘बी–टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थीले आइतबार होस्टेलमा आत्महत्या गरेकी छन् । उक्त विद्यार्थीको केआईआईटीमा अध्ययनरत अर्का विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको आशङ्का गरिएको छ । कुनै कारणले गर्दा विद्यार्थीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ’, विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको ।

यद्यपि, घटनाबारे कारण खुलिनसकेको ओडिशा प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको कोठा सिल गरेको छ र उनका आमाबाबु नआउन्जेल शवलाई शवगृहमा राखेको पनि प्रहरीले जनाएको छ ।

घटनासँगै केआईआईटी विश्वविद्यालयमा तनाव बढेको छ । विश्वविद्यालय परिसरमा विद्यालथीहरूले प्रदर्शन गरेका छन् ।