गोवा – गोवा नेपाली समाज द्वारा आयोजित दुई दिने खुल्ला नेपाली राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गोवा नेपाली समाजद्धारा आयोजित दुईदिने भलिबल प्रतियोगिता बुधबार समापन भएको हो ।
गोवाका उपमुख्यमन्त्री बिजय सर्देसाईको प्रमुख अतिथिमा प्रतियोगिता उद्घाटन भएको थियो । प्रतियोगितामा भारतका विभिन्न नगरहरुबाट खेलाडीहरुको उपस्थित रहेको थियो । प्रतियोगितामा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि गोवाका उपमुख्यमन्त्री बिजय सरदेसाईले नेपाल भारतको सम्बन्ध सम्बन्ध हरेक हिसाबले अतुलनीय रहिआएको बताए । नेपाल भारको मित्रता अन्यराष्ट्र संग तुलना हुननसक्ने बताए साथै उनले गोवा सरकार र गोवामा रोजगारीको लागि बसोबास गर्दै आएका नेपालीहरु बिच सम्बन्ध अझै प्रगाढ भएर जाने र त्यसको लागि गोवा नेपाली समाजको महत्त्वपूर्ण भुमरीमा रहने बताए ।
समापनमा प्रमुख अतिथि गोवा राज्यका पुर्व मुख्यमन्त्री कंग्रेस आईका वरिष्ठ नेता डिगंमबर कामतले गोवाको विकासमा नेपालीको महत्त्वपूर्ण भुमिका रहिआएको बताए साथै उनले जिबनमा महत्त्वपूर्ण पाटो भनेको पढाइ हो तपाई हरुले आफ्नो बच्चालाई राम्रो पढाउनोस् पढाइ नै समृद्धि र विकासको बाटो हो भनेका थिए ।
साथै खेलाडीलेहरुको दुई दिने प्रतिस्पर्धाबाट प्रथम श्रेणी घरेलु मैदान गोवा ब् ले फस्ट पुरस्कार हात पार्न सफल भएको थियो । साथै सेकेन्ड पुरस्कार पनि हरेलु मैदा गोवा द्य। ले नै हातपार्न सफल रहेको थियो भने थड् पुरस्कारभने सुर्खेत यौंवा क्लबले हात पार्न सफल रयो संन्तुना पुरस्कार भने मुम्बई महाराष्ट्रले हात पार्न सफलरयो बेस्ट प्लेर भने लोक प्रिय खेलाडी डाइमन खड्कालाई मिलेको थियो ।
प्रथम पुरस्कार वितरण भने गोवा राज्यका पुर्व मुख्यमन्त्री कंग्रेस आईका बरिस्ठ नेता डिगम्बंर कामतले गरेका थिए अन्य पुरस्कार भने अन्तर्राष्ट्रिय नेपाली समाजका भारतका महासचिव लोकेन्द्र सेर्पाली संगठनका अध्यक्ष प्रकाश थापा जिबन स्रिमल उपाध्यक्ष सुनिल रावत दिवाकर शर्मा प्रेम सेर्पाली बलाराम सेर्पाली महेन्द्र पुन सुरेन्द्र रोकाय उदय सेर्पाली केसव रावल रमेश खड्का सहित सामुहिक पुरस्कार वितरण गरिएको थियो ।
प्रतिक्रिया