काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का दुई वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री ल्याएर काठमाडौं आइपुगेका छन् ।
मेडिकल सामग्री ल्याउन बिहीबार बेलुका काठमाडौंबाट चीनको ग्वान्जाओ गएका दुई वाइडबडी जहाजले कुल २७.५ टन सामग्री ल्याएर काठमाडौं अवतरण गरेका हुन् । यी जहाज शुक्रबार बिहान आठ बजे काठमाडौंमा विमानस्थल पुगेका थिए ।
दुई कार्गोलाई फ्ल्यास फ्रेट लजिस्टिक र सांग्रिला फ्रेटले चार्टर गरेका थिए । फ्ल्यास फ्रेट लजिस्टिकले चार्टर गरेको उडानबाट आज १७.७ टन मेडिकल सामग्री नेपाल आइपुगेको छ ।
उता सांग्रिला फ्रेटले चार्टर्ड गरेको उडानमा भने जम्मा ९.९ टनमात्र सामग्री आएको छ । सांग्रिलाको चार्टर्ड उडानमा मेडिकल आपूर्ति संघमा आवद्ध व्यवसायी, अस्पतालको सामग्री आएको छ । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।




प्रतिक्रिया