ताजिकिस्तानविरुद्व खेल्न नेपाली फुटबल टोलीको घोषणा, को– को परे टोलीमा?

ताजिकिस्तानविरुद्व खेल्न नेपाली फुटबल टोलीको घोषणा, को– को परे टोलीमा?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलका लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ।

 

 

असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

 

 

 

यस अघि ताजिकिस्तानबिरुद्ध खेलेकै अधिकांश खेलाडीहरु समावेश भएपनि टोलीमा केहि परिवर्तन भएको छ। गोलरक्षक बिशाल श्रेष्ठको स्थानमा एलन न्यौपालेलाई टोलीमा समावेश गराइएको छ। यस पटक डिफेन्डरको रुपमा राजेनद्र रावललाई टोलीमा समावेश छन्। भने मिडफिल्डर समुन लामालाई टोलीमा समावेश गराइएको छैन। त्यस्तै मिडफिल्डर अञ्जन विष्टलाई फरवार्डको जिम्मेवारी दिइएको छ।

 

 

 

 

गत भदौ २० गते एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपालले घरेलु मैदानमा नै ताजिकिस्तानसँग २–१ गोलअन्तरले पराजय भोगेको थियो ।

 

 

त्यसैगरी फिलिपिन्सको मनिलामा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो भने काठमाडौँमा भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो।

 

गोलकिपर्स

१. किरण चेम्जोङ

२. एलन न्यौपाने

३. विकेश कुथु

 

डिफेन्डरस्

४. बिराज महर्जन

५. देवेन्द्र तामाङ

६. अनन्त तामाङ

७. दिनेश राजवंशी

८. जितेन्द्र कार्की

९. आदित्य चौधरी

१०० कमल श्रेष्ठ

११. राजेन्द्र रावल

 

मिडफिल्डरस्

१२. सुनिल बल

१३. रोहित चन्द

१४ . हेमन गुरुङ

१५. विक्रम लामा

१६. सुजल श्रेष्ठ

१७. विशाल राइ

१८. हेमन्त थापा मगर

 

फरवार्ड

१९. अन्जन बिष्ट

२०. विमल घर्ति मगर

२१. भरत खवास

२२. नवयुग श्रेष्ठ

२३. जर्ज प्रिन्स कार्की