हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ९२ रनले विजयी

हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ९२ रनले विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हङकङ सिक्सेस क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो जित हात पारेको छ ।

हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा शनिबार नृपालले भारतलाई पराजित गरेको छ। भारतलाई नेपालले ९२ रनले पराजित गरेको हो।

नेपालले विना विकेट जितका लागि दिएको १३७ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाएको हो।

भारतका लागि भरत चिपली र प्रियांक पञ्चालले समान १२/१२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि रशिद खानले ३ विकेट, बसिर अहमदले २ विकेट र रुपेश सिंहले १ विकेट लिए।

त्यस अगाडि नेपालका लागि रशिद खानले सर्वाधिक ५५ रन बनाएका थिए। यसैगरी सन्दीप जोराले ४७ रन र लोकेश रनले ३१ रन बनाएका थिए।

हङकङ सिक्सेस प्रतियोगितामा नेपालको यो पहिलो जित हो । शनिबार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको थियो भने शनिबार नै भएको दोस्रो खेलमा श्रीलंकासँग ३ विकेटले पराजित भयो । शुक्रबारको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।