मलेसियामा एक नेपालीले गरे झुण्डिएर आत्महत्या

मलेसियामा एक नेपालीले गरे झुण्डिएर आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्वालालम्पुर । मलेसियास्थित कोतारायामा एक नेपालीले भुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा झापा काँकडभिटा निवासी याम बहादुर गुरुङ रहेका छन् ।

अप्रिल २ का दिन बिहान गुरुङको शव आफ्नै कोठा नजिकै भर्याङमा झुण्डिएर आत्महत्या गरिएको अवस्थामा भेटिएको थियो । निजको शवलाई प्रहरीले पोष्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगिएको छ ।

अन्दाजी ३५ वर्षका निज गुरुङ विगत ८ वर्षदेखि मलेसियामा नै कार्यरत थिए । निज गुरुङका मलेसियामै श्रीमती र दिदीभेनाजु पनि रहेका छन् ।