नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास हुने

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास हुने भएको छ।

५ वर्षपछि नेपाल–चीन संयुक्त सैन्य अभ्यासको चौथो संस्करण चीनमा हुने भएको हो ।

२ देशका सेनाबीचको सैन्य अभ्यास असोज ५ मा सुरु हुनेछ। उक्त सैन्य अभ्यास असोज १५ सम्म चल्ने सैनिक प्रवक्ता गौरव केसीले बताए ।

कोरोना संक्रमणको जोखिम देखाउँदै २०७६ (सन् २०१९) पछि दुई मुलुकका सैनिकबीच अभ्यास हुन सकेको थिएन।

यस अघि पहिलोपटक काठमाडौंमा २०७४ वैशाख ३ देखि १२ गतेसम्म नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास भएको थियो। सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो भने तेस्रो संस्करण नेपालमा भएको थियो।

आतंकवादबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले २०७४ देखि सैन्य अभ्यास गर्दै आएका छन्।

नेपाली सेनाको विशेष फौज सैन्य अभ्यासमा सहभागी हुन चीन जानेछ। नेपाली सेनाका तर्फबाट पर्यवेक्षक टोलीसमेत सहभागी हुनेछ।

उपरथी प्रदीपजंग केसी लगायतको तीन सदस्यीय टोली पर्यवेक्षकका रूपमा सैन्य अभ्यासमा सहभागी हुने छ। सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित छ। सैन्य अभ्यासमा दुवै मुलुकका कम्तीमा १८÷१८ जना फौज सहभागी हुने छन्।