नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष सञ्चालनमा

नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज – विपद् व्यवस्थापनका गर्न बाँके र बर्दिया जिल्लालाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष विहीबारदेखि सञ्चालनमा आएको छ । गृह सचिव प्रेमकुमार राईले सातवटै प्रदेश र सबै दुर्गम विमानस्थल रहेको ठाउँमा गरी १२ वटा मानवीय सहायतास्थल निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

काठमाडौं, धनगढीपछि नेपालगञ्ज विमानस्थलमा स्थापना भएको सो कक्ष तेस्रो भएको जनाइएको छ । उनले सहायता कक्ष निर्माण भए पनि कर्मचारी व्यवस्थापनमा समस्या रहेको हुँदा यथाशीघ्र सबै ठाउँमा कर्मचारी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने छ ।

खसी नियन्त्रणमा

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले २५७ वटा अवैध खसी नियन्त्रणमा लिएको छ । प्रहरीले राप्ती सोनारी गाउँपालिकाको कुसुममा रहेको जङ्गलमा रा १ ख २८१ र रा १ ख १०९८ नम्बरका दुई वटा ट्रक र म १ ख ८२८ नम्बरको बसमा लोड गरिराखेको अवस्थामा खसी बरामद गरेको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । उहाँका अनुसार, उक्त खसीको बजार मूल्य करिब रु ३५ लाख रहेको छ ।

प्रहरीका अनुसार बरामद गरिएका खसीलाई काठमाडौं लैजाने तयारी गरिएको थियो । खसीसहित चालक दलका सदस्यलाई पक्राउ गरिएको छ । प्रहरीले जाँचका क्रममा खसी लैजाने गाउँपालिकाको सिफारिस र पशु क्वारेन्टाइन कार्यालयको पत्रमा शङ्का लागेपछि थप अनुसन्धानका लागि खसी नियन्त्रणमा लिएको जनाइएको छ ।