नेपालगञ्ज – स्थानीय प्रशासनले आज बुधबार राति १२ बजेदेखि लागू हुनेगरी नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको घोषणा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले त्यसको चेन ब्रेक गर्नका लागि वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन गरिने जानकारी दिए ।
बाँकेमा एक हजार बढी संक्रमित हुँदा नेपालगञ्ज उपमहानगरपालिकाभित्रका ७ सय ३५ जना संक्रमित रहेका छन् । प्रजिअ गेलालले जारी गरेको सूचनामा दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ ।
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने छ ।




प्रतिक्रिया