नेपालगञ्जमा संयुक्त सीमा सुरक्षा बैठकको तयारी

नेपालगञ्जमा संयुक्त सीमा सुरक्षा बैठकको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीको संयुक्त सीमा सुरक्षा बैठकको तयारी प्रक्रिया अघि बढाइको छ ।

दुबै मुलुकका सीमा क्षेत्रका अधिकारीको बैठक असारको अन्त्यसम्ममा बस्ने गरी तयारी अघि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले बैठकका लागि भारतको बहराइच जिल्ला अधिकारीको कार्यालयमा पत्राचार गरिसकेको छ । भारतीय पक्षबाट बैठक बस्ने मितिसहितको पत्र प्राप्त भएपछि बैठक बस्ने प्रजिअ केसीले बताए ।

बैठकमा मुख्यतया लागुऔषध, मानव बेचबिखन, अवैध हातहतियारको ओसारपसार, सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण, बाढी तथा डुबान हुन नदिन भारतीय पक्षले वर्षात्मा बाँधको ढोका खोल्नुपर्ने, सीमा स्तम्भ लगायतका विषयमा छलफल हुने प्रजिअ केसीले जानकारी दिए ।