नेपालगन्जबाट ठूलो परिमाणमा अवैध कालो मरिच र कपडा बरामद

नेपालगन्जबाट ठूलो परिमाणमा अवैध कालो मरिच र कपडा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके -नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गरेको अवस्थामा प्रहरी कार्यालय नेपालगन्जले ठूलो परिमाणमा अवैध कालो मरिच बरामद गरेको छ। प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ बाट एक हजार दुई सय पाँच किलो अवैध कालो मरिच मरामद गरेको हो।

अवैध रुपमा कालो मरिच भित्रिरहेको भन्ने सूचनाको आधारमा जाँच गर्दा कालो मरिच मरामद भएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले बताए। उनका अनुसार, वडा प्रहरी कार्यालयको टोलीले एक हजार ६ सय ८० पिस लेडिज फाउन्डेशन क्रिम पनि मरामद गरेको छ।

यसैगरी, प्रहरीले पाँच सय २८ मिटर काचो कपडा, लेडिज सुट र पर्दाको कपडा पनि बरामद गरेको छ। भन्सार छलेर लिदैं गरेको अवस्थामा बरामद भएका सम्पूर्ण सामान कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए।