नेपालगञ्ज – नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ ।
जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । उनले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गरे ।
अघिल्लो मंगलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यू लाग्दै आएको थियो ।
सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मंगलबार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यू लगाइएको थियो । असोज १८ गतेदेखि दिउँसोको कर्फ्यू हटाइएको थियो भने रातिकाे समयमा कर्फ्यू कायमै राखिएको थियो ।




प्रतिक्रिया