नेपालका लागि चिनियाँ राजदूतमा हाउ यानकी सिफारिस

नेपालका लागि चिनियाँ राजदूतमा हाउ यानकी सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि नयाँ राजदूतमा चिनियाँ विदेश मन्त्रालयकी उप–कार्यकारी निर्देशक हाउ यानकीलाई चीन सरकारले सिफारिस गरेको छ ।

नेपाल सरकारले यानकीका नाममा ‘एग्रिमो’ पठाएपछि यानकीलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालका लागि चीनको २१औँ राजदूतका रुपमा नियुक्त गर्नेछन्। हाल चिनियाँ राजदूत रहेकी यू होङ आफ्नो दुई वर्षे कार्यकाल सकी स्वदेश फर्किन लागेकी छन्।

नेपालका लागि सिफारिस राजदूत यानकी दक्षिण एसियाली मामिला विषयको जानकार रहेको बताइएको छ। उनी नेपाल–चीन सम्बन्ध र विकसित घटनाक्रमका विषयमा पनि जानकार रहेको स्रोतको दाबी छ।

नेपाली राजनीतिक नेतामाझ परिचित यानकीले पेकिङ विश्वविद्यालयबाट उर्दू भाषामा स्नातकोत्तर गरेकी छिन्। सन् १९९६ मा चिनियाँ विदेश मन्त्रालयमा प्रवेश गरेकी उनमा पाकिस्तान र लाओसस्थित चिनियाँ महावाणिज्य दूतावासमा रही कूटनीतिक कार्यसम्पादन गरेको अनुभव छ।