भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपाललाई जित दिलाउन रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरिन् ।

साफ च्याम्पियनसिपको इतिहासमा भारतमाथि नेपालको यो पहिलो जित हो । समग्रमा नेपालले भारतलाई हराएको दोस्रो पल्ट हो । यस अगाडि सन् २०१९ को हिरो गोल्डकपमा पराजित गरेको थियो ।अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।