काठमाण्डु – शेयर बजार परिसूचक नेप्से आज १३ अङ्कले बढेको छ । कारोवार हुने हप्ताको अन्तिम दिन आज नेप्से १३ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार सात सय ८२ दशमलव १६ विन्दुमा पुगेको छ ।
आज विकास बैंक समूहको शेयर ५० अङ्कले, हाइड्रोको ६५, फाइनान्सको १३, अन्यको ४७ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ३० अङ्कले बढेको छ । आज निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै ८७ अङ्कले घटेको छ । आज दुई सय २२ कम्पनीका ९२ लाख ३६ हजार कित्ता शेयर पाँच अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएको छ ।
गत बिहीवार १४ अङ्कले घटेर दुई हजार पाँच सय ५६ अङ्कमा झरेको नेप्से त्यसपछि गएको आइतवारदेखि लगातार पाँच दिन बढ्दा दुई हजार सात सय ८२ विन्दुमा आइपुगेको हो ।यो हप्ता कारोबार रकममा पनि सुधार भएको छ । यो हप्ता कारोबार रकम ५–६ अर्ब रुपैयाँसम्म पुगेको छ ।




प्रतिक्रिया