सेयर बजार : १५ अंकले बढ्यो नेप्से

सेयर बजार : १५ अंकले बढ्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १४.७१ अंकले उकालो लागेको छ । आज नेप्से १४.७१ अंकले उकालो लागेर २००१.५३ बिन्दुमा कायम भएको छ भने दुई अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार तीन दिन सुधार देखिएको हो । लगानीकर्ताहरू विशेष गरी साउन पहिलो साता आउने मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्।

यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट चार करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेको थियो। उक्त व्यवस्था हट्नुपर्ने माग संगठित लगानीकर्ताहरूको छ।