सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य वृद्धि भएको छ । बजार मापन गर्ने सूचक १.८१ अंकले बढेर परिसूचक २०५४.९५ बिन्दुमा रोकिएको छ ।

मंगलबारको कारोबारमा २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमुह मध्ये ६ उपसमुह घटेका छन्। यस्तै ६ उपसमुह अधिकतम १ प्रतिशतसम्म बढेका छन् ।