आइतबार सेयर बजारमा पहिरो, नेप्से ३३ अंकले घट्यो

आइतबार सेयर बजारमा पहिरो, नेप्से ३३ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ ।

आज कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा तय गरेको नेप्से ३३.३६ अंकले घटेर १९ सय ८९ को विन्दुमा कायम भएको हो । आज दिनभर २ सय २४ कम्पनीका ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार रुपैयाँमा किनबेच भएको छ ।

आज म्युचुअल फण्ड समुहबाहेक अन्य सबै समुहको परिसुचक ओरालो लागेका छन् ।