सेयर बजार दोहोरो अंकले घट्यो


काठमाण्डु – साताको चौथो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ। बुधबार नेप्से ११.९७ अंकले घट्दा १९३९.८८ को विन्दूमा ओर्लिएको छ।

सेन्सिटिभ सूचक १.७० अंकले घटेको छ । आज १३ वटै उपसमूहका सूचक राताम्य छन्। ३१ कम्पनीको सेयर बढेको छ भने १४७ वटा कम्पनीको घटेको छ। १० वटा कम्पनीको पहिलेको मूल्यमा कारोबार भएको छ।

बुधबार कारोबार अवधिभर मात्र ८२ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement