साेमबार पनि सेयर बजारमा पहिराे, १३ अंकले घट्यो नेप्से

साेमबार पनि सेयर बजारमा पहिराे, १३ अंकले घट्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साेमबार पनि सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार मापन गर्ने सूचक १३.५९ अंकले घटेर १९१२.६९ बिन्दुमा रोकिएको छ । आज ८३ करोड रुपैयाँको कारोबार हुँदा २६ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ ।

सोमबार कारोबारमा सबै समूहको उपसूचकमा राताम्मे देखिएको छ । बैंकिङ समूहको उपसूचक ५.१७, विकास बैंक १४.२८, वित्त कम्पनीको १७.४८, जलविद्युत ३०.६६, जीवन बीमा ५२.५५, उत्पादन तथा  प्रशोधन १३.५६, माइक्रोफाइनान्स समूहको ३०.२६, निर्जीबन बीमा समूहको उपसूचक ४६.८८, अन्य समूहको उपसूचक २३.८१ अंकले घटेको छ ।