बुधबार सेयर बजारमा पहिरो, ५७ अंकले घट्यो नेप्से


काठमाण्डु – आज सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । बिहिबार बजार मापन गर्ने सूचक ५७ अंकले घटेर परिसूचक १९२४.४८ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक ११.२३ अंकले घटेर ३७४.१३ बिन्दुमा रोकिएको छ ।

आज २३२ कम्पनीका ६९ लाख ४० हजार ५६९ कित्ता सेयर किनबेच भएको छ । आज २ अर्ब १२ करोड ५६ लाख ५५ अजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार १३ वटा समूहको समूहगत सूचकमा पनि गिरावट आएको छ । आज सबैभन्दा धेरै फाइनान्स समूहको ५.२४ प्रतिशतले घटेको छ ।

बैंकिङ समूहको उपसूचक २४.३२, विकास बैंक समूहको १६९.३८, वित्त कम्पनीको ९०.९१, जलविद्युत १००.४०, जीवन बीमा १७७.१२, उत्पादन तथा प्रशोधन १५९.०७, माइक्रोफाइनान्स १३९.५९, निर्जीबन बीमा समूहको उपसूचक १९६.६८ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement