आइतबार सेयर बजारमा हरियाली, ३२ अंकले बढ्यो नेप्से

आइतबार सेयर बजारमा हरियाली, ३२ अंकले बढ्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक पनि ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा आइपुगेको छ भने सेन्सेटिभ ५.३४ अंकले बढेको छ।

२३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । साथै, आज कारोबारमा आएका १३ उपसमूहमध्ये वाणिज्य बैंकसहित १२ उपसमूह बढेका छन् भने म्युचुअल फन्ड उपसमूह ०.९८ प्रतिशतले घटेको छ।

बैंकिङ १९.१८, विकास बैंक ६४.०७, वित्त ३५.७७, होटल ३६.३४, जलविद्युत ३७.५४, जीवन बीमा ९९.४०, उत्पादन तथा प्रशोधन समूहको ११४.१४, माइक्रोफाइनान्स १३०.४४, निर्जीबन बीमा समूहको उपसूचक ७६.२९ अंकले बढेको छ ।