नेप्से १८.०७ अंकले घट्यो

नेप्से १८.०७ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से १८.०७ अंकले घटेको छ । आइतबार ५१.२३ अंक घटेर २४०७.२६ विन्दुमा रोकिएको बजार आज २३८९.१९ विन्दुमा पुगेर रोकिएको हो ।

आज २१२ कम्पनीको ९६ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २४ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०७ अंकले घटेर ४३०.०६ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन समूहको सूचक ९०.९३ अंकले बढेको छ । त्यस्तै लगानी समूहको सूचक ०.५३, उत्पादन १०.५६, सामूहिक लगानी ०.०१ र व्यापार समूहको सूचक ५५.१० अंकले बढेको छ भने बाँकी समूहको सूचक घटेको छ ।

आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यसको सेयर मूल्य ९.९५ अंकले बढेको छ । त्यस्तै घल्याम्दी जलविद्युत् लिमिटेडको सेयर ९.४९, पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडको ९.४७ र आँखुखोला जलविद्युत् लिमिटेडको सेयर मूल्य ९.०३ प्रतिशतले बढेको छ ।

हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यसको सेयर मूल्य ६.२५ प्रतिशतले घटेको छ ।