काठमाण्डु – साताको पहिलो दिन आज आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १९ अंक बढेको छ ।
गत साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार ४२.९५ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको नेप्से, आज सेसनमा १९.३९ अंक बढेर २४९४४८ विन्दुमा पुगेको छ ।
आइतबार प्रि ओपन सेसनमा ५६ कम्पनीको ८५ लाख ९० हजार १६१ रुपैयाँ बराबरको १६ हजार ८० कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ४३ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।




प्रतिक्रिया