सोमबार नेप्से दोहोरो अंकले ओरालो लाग्यो


काठमाण्डु- सेयर बजार सोमबार दोहोरो अंकको ओरालो लागेको छ । आज सोमबार बजार परिसूचक नेप्से २३.६४ अंकले ओरालो लागेर १९०८.०४ अंकमा बन्द भएको हो ।

आज नेप्सेमा कुल २१८ कम्पनीको सेयर कारोबार भएकोमा १८८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै २३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७ कम्पनीको भने स्थिर छ।

सोमबार कारोबार भएकामध्ये आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सामलिङ पावर कम्पनीको सेयरमूल्य पनि ४.९९ प्रतिशतले बढेको छ ।

उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.३४ प्रतिशत, उपकार लघुवित्तको ४।२१ प्रतिशत र कालिका लघुवित्तको सेयरमूल्य ४.१० प्रतिशतले गिरावट भएर बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement