बुधबार नेप्से १५ अंकले उकालो लाग्यो

बुधबार नेप्से १५ अंकले उकालो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साताको चौथो कारोबारकाे दिन बुधबार सेयर बजार उकालो लागेको छ । बुधबार नेप्से सुचकमा १५.१३ अंकले उकालो लागि १९२०.१२ विन्दुमा आएर रोकिएको छ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा २.८५ अङ्कले बढेर ३६५.९० विन्दुमा पुगेको छ। बुधबार नेप्से सुचकको १६७ कम्पनीमा वृद्धि भएको छ । ४१ कम्पनीमा ओरालो लागेको छ भने १२ कम्पनी स्थिर रहेको छ ।

यसअघि मंगलबार नेप्से सूचक ३ अंकले घटेर १९०४ विन्दुमा अडिएको थियो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ । यसको ८ करोड ८३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नविल बैंक र एनआइसि एसियाको ३ करोडभन्दा बढीको कारोबार भएको छ । १३ उपसूचकहरु मध्ये म्युचुअल फण्ड बाहेक सबै उपसुचकहरूमा उकालो लागेको छ ।