काठमाण्डु- हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्स आज २६ दशमलव ५६ अङ्कले घटेर दुई हजार ६४ दशमलव ८३ बिन्दुमा झरेको छ ।
लगानी, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरु सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ ।
दुई सय ६८ वटा कम्पनीका एक करोड सात लाख ९२ हजार कित्ता शेयर चार अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको २० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।




प्रतिक्रिया