आइतबार सेयर बजार दोहोरो अंकले उकालो लाग्यो


काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से २८.३८ अंकले बढेर दुई हजार ७७ दशमलब ७६ विन्दुमा पुगेको छ । बिहिबार नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ दशमलब ३८ विन्दुमा बन्द भएको थियो ।

बजार बढेपनि कारोबार रकममा भने सुधार देखिएको छैन । आज तीन अर्ब ४ करोड २५ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ७ करोड ७४ लाख बराबरको कारोबार भएकोे थियो । बजारमा कारोबार भएका १६८ कम्पनीको शेयरमूल्य बढेको छ भने ५० कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३३१ दशमलव ७० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.५१ प्रतिशतले बढेर प्रतिकित्ता ७४१ दशमलव ५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement