काठमाण्डु- शेयर बजार परिसूचक नेप्सेले मङ्गलवार ३१ सयको कीर्तिमानी विन्दु पार गरेको छ । शेयर बजारको इतिहासमा पहिलो पटक नेप्से परिसूचकले ३१ सय विन्दु पार गरेको हो । नेप्से आज २६.०२ अङ्कले उकालो लागेर ३१११.०९ विन्दुमा कायम भएको छ ।
आज दुई सय २३ कम्पनीका दुई करोड ११ लाख कित्ता शेयर ११ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको ४६ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज पाँचथर पावर कम्पनी, घलेम्दी हाइड्रो, रुरु जलविद्युत्, जीवन विकास लघुवित्त र युुनियन लाइफको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।




प्रतिक्रिया