सोमवार सामान्य अंकले बढ्यो नेप्से

सोमवार सामान्य अंकले बढ्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- शेयर बजार परिसूचक नेप्से सोमवार १.५४ अंकले उकालो लागेको छ । नेप्से आज १.५४ अङ्कले उकालो लागेर ३१०९.६६ विन्दुमा कायम भएको छ ।

आज जलविद्युत् समूहको शेयर ११९ अङ्कले उकालो लागेको छ । यस्तै फाइनान्सको ९१, निर्जीवन बीमा समूहको ३९, जीवन बीमा समूहको ४८ र अन्य समूहको शेयर साढे आठ अङ्कले उकालो लागेको छ । बैंक, विकास बैंक, होटल, व्यापार, उत्पादन र लगानी समूहको शेयर भने ओरालो लागेको छ ।

आज आईसीएफसी फाइनान्स, कर्पोरेट विकास बैंक, हिमालयन पावर पार्टनर, ङादी ग्रुप पावर, नेपाल हाइड्रो, युनियन हाइड्रो, युनियन लाइफ इन्सोरेन्स र जीवन विकास लघुवित्त गरी आठ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज दुई सय २४ कम्पनीका दुई करोड ५३ लाख ९३ हजार कित्ता शेयर १४ अर्ब १३ करोड कारोबार भएका छन् ।