काठमाण्डु- शेयर बजार परिसूचक मापक नेप्से आइतबार ओरालो लागेको छ । आज उत्पादन र माइक्रो फाइनान्सबाहेक अरू सबै समूहको शेयर ओरालो लागेपछि नेप्से २४.८८ अङ्कले ओरालो लागेर तीन हजार एक सय ५४ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।
आज नेप्से ओरालो लागेपनि पनि कारोबार रकमले भने नयाँ कीर्तिमान बनाएको छ । आज दुई सय २२ कम्पनीका तीन करोड ५५ लाख ५० हजार कित्ता शेयर २१ अर्ब ६४ करोड किनबेच भएका छन् । आज सबैभन्दा धेरै नेपाल बैंकको एक अर्ब पाँच करोडको कारोबार भएको छ । रिडी हाइड्रोको शेयर सबैभन्दा धेरै साढे आठ प्रतिशतले ओरालो लागेको छ ।




प्रतिक्रिया