काठमाण्डु- शेयर बजार बिहीवार ओरालो लागेको छ । नेप्से परिसूचक आज १८.२४ अङ्कले ओरालो लागेर ३१८०.७८ विन्दुमा झरेको छ । आज जलविद्युत् समूहको शेयर एक सय २३ अङ्कले ओरालो लागेको छ । यस्तै बैंकिङ समूहको शेयर साढे १९ अङ्कले, विकास बैंकको एक सय ६२ अङ्कले, होटलको ३०, फाइनान्सको ७३ र उत्पादन समूहको शेयर १९ अङ्कले ओरालो लागेको छ ।
आज बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर भने उकालो लागेको छ । आज खानीखोला हाइड्रो, ङादी ग्रुप अफ पावर र एचआईडीसीएल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्र बजार घटे पनि जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले उकालो लागेको छ । आज दुई सय २९ कम्पनीका तीन करोड नौ लाख कित्ता शेयर २० अर्ब ४९ करोड मा कारोबार भएका छन् ।




प्रतिक्रिया