काठमाण्डु- शेयर बजार नेप्से परिसूचक मंगलबार ५५.८९ अंकले ओरालो लागेको छ । आज नेप्से ५५.८९ अंकले ओरालो लागेर ३१२५.०१ को विन्दुमा कायम भएको छ । आज ३३ वटा कम्पनीको शेयर मूल्य उकालो लागेको छ । आज फाइनान्स कम्पनी र निर्जीवन बीमाबाहेक समूहको शेयर ओरालो लागेको छ ।
आज २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ७१ करोड ९१ लाख, नेशनल हाइड्रोपावर कम्पनीको ५८ करोड ५३ लाख, रिडी हाइड्रोपावर कम्पनीको ४७ करोड २० लाख, नेपाल बैंकको ४१ करोड ७६ लाखको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।




प्रतिक्रिया