बिहीवार नेप्से १८ अङ्कले बढ्यो

बिहीवार नेप्से १८ अङ्कले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- शेयर बजार नेप्से परिसूचक बिहीवार उकालो लागेको छ । आज नेप्से १७. ५७ अङ्कले उकालो लागेर ३०९४.०१ विन्दुमा कायम भएको छ । आज जलविद्युत् समूहको शेयर एक सय ६९ अङ्कले, विकास बैंकको शेयर दुई सय ४१ अङ्कले, फाइनान्सको एक सय २०, माइक्रोफाइनान्सको ३७ र होटल समूहको शेयर साढे ११ अङ्कले उकालो लागेको छ ।

बैंक, व्यापार, बीमा, अन्य र लगानी समूहको शेयर भने ओरालो लागेको छ । आज कर्पोरेट र नारायणी विकास बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स, अरुण भ्याली हाइड्रो, आँखुखोला जलविद्युत्, घलेम्दी हाइड्रो, खानीखोला हाइड्रो, जीवन विकास लघुवित्त र गुहेश्वरी मर्चेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज दुई सय ३२ कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर १३ अर्ब ४२ करोडमा कारोबार भएका छन् ।