शेयर बजारमा पहिरो, नेप्से ५० अङ्कले घट्यो

शेयर बजारमा पहिरो, नेप्से ५० अङ्कले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- शेयर बजार नेप्से परिसूचक बिहीवार ओरालो लागेको छ । आज नेप्से ५०.१३ अङ्कले ओरालो लागेर २९२६.८९ विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर ओरालो लागेको छ ।

आज बैंकिङ समूहको शेयर १६ अङ्कले, विकास बैंकको एक सय ८६ अङ्कले, जलविद्युतको एक सय १६, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर साढे २३ अङ्कले ओरालो लागेको छ । यस्तै जीवन बीमा समूहको शेयर तीन सय ४२, निर्जीवन बीमा समूहको दुई सय ३३, उत्पादनको एक सय २७, अन्य समूहको ३७ र लगानी समूहको शेयर साढे तीन अङ्कले ओरालो लागेको छ ।

आज समग्र बजार घटे पनि सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको शेयर १० प्रतिशतले उकालो लागेको छ ।  आज दुई सय ३० कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर नौ अर्ब ५० करोड ५९ लाखमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ५७ करोड ४० लाखको शेयर किनबेच भएको छ ।