सेयर बजारमा पहिरोः १३५ अंकले घट्यो नेप्से

सेयर बजारमा पहिरोः १३५ अंकले घट्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । प्री ओपनिङ सेसनमा नै घटेको नेप्सेले १२ बजेर ४५ मिनेट जाँदा १३५ अंकले ओरालो लागेको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से सूचक १३५.०१ अंकले ओरालो लागेर २७९१.९७अंकमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोबारमा असर पारेको देखिँदैन ।

यो समाचार तयार पार्दासम्म २ सय ९ कम्पनीको ६७ लाख ८३ हजार ८ सय १० कित्ता शेयर २ अर्ब ९३ करोड २४ लाख १९ हजार २ सय ४६ मा किनबेच भइसकेको छ ।