काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार ओरालो लागेको छ । आज नेप्से ४४.१८ अङ्कले ओरालो लागेर २९३६.६० विन्दुमा कायम भएको छ । आज बैंकिङ समूहको शेयर ३३ अङ्कले, विकास बैंक समूहको ७२, व्यापारको ५४ र जलविद्युत् समूहको शेयर ५१ अङ्कले ओरालो लागेको छ ।
यस्तै फाइनान्स समूहको ४९, माइक्रोफाइनान्सको एक सय ४६, जीवन बीमाको तीन सय दुई, निर्जीवन बीमा समूहको शेयर दुई सय ९० र उत्पादन समूहको शेयर एक सय ३३ अङ्कले ओरालो लागेको छ । आज दुई सय २२ कम्पनीका एक करोड ५० लाख कित्ता शेयर सात अर्ब ४९ करोड ५८ लाखमा कारोबार भए ।




प्रतिक्रिया