काठमाण्डु – सेयर बजार नेप्से परिसूचक आइतबार उकालो लागेको छ । आज नेप्से ७१.४३ अङ्कले उकालो लागेर २९४७.४२ विन्दुमा कायम भएको छ ।
आज बैंकिङ समूहको शेयर २४ अङ्कले उकालो लागेको छ । यस्तै विकास बैंक समूहको शेयर दुई सय ७३ अङ्कले, व्यापारको ४२, जलविद्युतको दुई सय १३, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १३ अङ्कले उकालो लागेको छ ।
आज दुई सय ३१ कम्पनीका एक करोड १७ लाख कित्ता शेयर नौ अर्ब ४४ करोडमा किनबेच भएका छन् ।




प्रतिक्रिया