नेप्से १४.८३ अंकले घट्दा कारोबार रकम पनि घट्यो

नेप्से १४.८३ अंकले घट्दा कारोबार रकम पनि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १४.८३ अंक घटेर २०३७.०९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.४२ अंक, इण्डेक्स १.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।

गत साताको बुधबारदेखि ओरालो लाग्न थालेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बिहीबार ३ अर्ब ७१ करोडको शेयर कारोबार भएको बजारमा, आज ३२० स्टकको ५० हजार ९५२ पटकको कारोबारमा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक ७.०६ प्रतिशत बढेको छ। त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५.७६ प्रतिशत बढेको छ भने नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.३० प्रतिशत घटेको छ। साधना लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।