नेप्से परिसूचक ५२.९७ अंक बढ्यो, ७ अर्ब ६२ करोडको कारोबार

नेप्से परिसूचक ५२.९७ अंक बढ्यो, ७ अर्ब ६२ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइतबार सेयर बजार ५२.९७ अंक बढेर २२५७ मा कायम भएको छ । बजार बन्द हुँदाको यो अंक ४ जेठ २०७९ यताकै उच्चतम हो ।

आइतबार कारोबार रकम पनि ७ अर्ब ६२ करोड पुग्यो । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएको थियो ।

२०१ कम्पनीको मूल्य बढ्दा ३६ को घटेको छ । यस दिन पनि बैंकिङ समूह सबैभन्दा धेरै ३.७४ प्रतिशत बढ्यो । विकास बैंक १.२०, फाइनान्स १.३३, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर ३.३०, लगानी १.३०, जीवन बीमा २.०५, उत्पादन २.६६, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा १.२६, अन्य १.९९ तथा व्यापार समूह २.२१ प्रतिशत बढे ।

रिडी पावर, माण्डु हाइड्रोपावर, जानाकी फाइनान्स तथा हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । अरुणभ्याली हाइड्रोपावरको ९.३, नेसनल हाइड्रोपावरको ८.८ प्रतिशत मूल्य बढ्यो ।

कारोबार रकमका आधारमा जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ग्लोबल आईएमई बैंक संस्थापक, नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स कम्पनी अगाडि रहे ।