शेयर बजारमा पहिरो – नेप्से ७३ अङ्कले घट्यो

शेयर बजारमा पहिरो – नेप्से ७३ अङ्कले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजार सोमवार ७३ अङ्कले ओरालो लागेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ७३.०३ अङ्कले ओरालो लागेर २६८५.४३ विन्दुमा झरेको छ ।

आज बीमा, फाइनान्स, जलविद्युत्, होटल र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै बढेर हरियो देखिएको छ ।

आज एक करोड चार लाख ७८ हजार कित्ता शेयर पाँच अर्ब १२ करोड कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो १५ करोड ४९ लाखको शेयर किनबेच भएको छ ।