४ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमा खुम्चियो

४ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमा खुम्चियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सेयर बजार उकालो लागेको छ ।आज नेप्से ४.८५ अंकले बढेर परिसूचक २६६८.१७ अंकमा पुगेर रोकियो ।

२९४ कम्पनीको ८३ लाख १२ हजार कित्ता सेयर किनबेच हुदा ३ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ। जसमा १३० वटा कम्पनीको मूल्य बढेको छ भने १०२ वटा कम्पनीको मूल्य घटेको छ।

बढ्नेमा आज मिडसोलु हाइड्रो र युनाइटेड मोदी हाइड्रो अगाडि छन्। यी कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ। यसबाहेक अप्पर स्यांगे हाइड्रो र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ९ प्रतिशतले बढेको हो।

घट्नेमा भने थ्रि स्टार हाइड्रोको सेयर मूल्य १० प्रतिशतले ह्रास आएसँगै नकारात्मक सर्किट लागेको छ। कारोबारको आधारमा भने आज नेपाल फाइनान्स अगाडि देखियो। यो कम्पनीको २२ करोडको सेयर कारोबार भएको हो।