मंगलबार नेप्से ४२ अङ्कले बढ्यो

मंगलबार नेप्से ४२ अङ्कले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शयर बजार परिसूचक नेप्से मंगलबार उकालो लागेको छ ।  आज ४१.८४ अङ्कले  उकालो लागेर २६१२.६५ विन्दुमा कायम भएको छ । आज व्यापारबाहेक सबै समूहको शेयर उकालो लागेको हो ।

बैंकिङ समूहको शेयर १८ अङ्कले, विकास बैंक समूहको एक सय ४० अङ्कले, जलविद्युतको ६० अङ्कले, फाइनान्सको ८७ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर एक सय ३६ अङ्कले उकालो लागेको छ ।

आज दुई सय २३ कम्पनीका ४१ हजार कारोबारबाट ५८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ ।